site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भरतपुरमा क्रेटा इलेक्ट्रिक सार्वजनिक, पाँच ग्राहकलाई गाडी हस्तान्तरण

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भरतपुरमा क्रेटा ईभी (विद्युतीय सवारी) सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममै कम्पनीले पाँच ग्राहकलाई गाडी हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले क्रेटा ईभीले विद्युतीय गाडीप्रतिको आशंका तथा अन्योल हटाउने विश्वास व्यक्त गरे । गाडी खरिद गर्दा सेवा सुविधा, स्पेयर पार्टसको उपलब्धता र दीर्घकालीन हुने विषयमा चिन्ता हुने गरेकोमा कम्पनीले क्रेटा ईभी र पेट्रोलको पार्टपुर्जा मिल्ने भएकाले चिन्ता गर्नुनपर्ने कम्पनीले जनाएको छ ।

विद्युतीय सवारीसाधनलाई थप सहज बनाउन कम्पनीले देशभर चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ । हालसम्म ६६ स्थानमा एसी तथा डीसी चार्जिङ सुविधा उपलब्ध गराइसकेको जनाइएको छ ।

कार्यक्रममा ग्राहकहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरी गाडीसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले नयाँ गाडी र सेवाप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीको दाबी छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्