site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थायित्वको युग सुरु भएको छ, सरकार ढाल्ने सपना नदेख्नू : सांसद महतो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सांसद जुलिकुमारी महतोले सरकार ढाल्ने दिवास्वप्न साकार नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दुई ठूला दल मिलेर सरकार बनेपछि स्थायित्वको युग सुरु भएको बताइन् । 

“अब सत्ताको खेल होइन, स्थायित्वको युग सुरु भएको छ । जो कोहीले मनगणन्ते सपना देखेर यो सकार ढालिन्छ भन्ठान्नुभएको छ भने सम्झनुहोस् दिनमा देखेको सपना कहिल्यै साकार हुँदैन,” उनले भनिन् । 

जनताले स्थायित्व चाहेको उनको भनाइ छ । उनले साझा सपना देख्न लक्ष्य लिन आवश्यक भएको बताइन् । 

जनताले ल्याएको लोकतन्त्र जनताले नै बचाउने उनले बताइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्