site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
महेशको पुस्तक लोकार्पित 

काठमाडौं । लेखक महेशराज खरेलको नियात्राकृति ‘देश–विदेश’ सार्वजनिक गरिएको छ । काभ्रे खरेलथोकस्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा आयोजित खरेल बन्धु भेला खरेल बन्धु थातथलो भ्रमणमा कृति सार्वजनिक गरिएको हो ।

शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललगायतले पुस्तक सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक गर्दै खरेलले सिर्जना मानिसको मनबाट निसृत हुने एउटा अभूतपूव कला भएको बताए । उनले यो सबैमा नहुने उल्लेख गरे । उनले यो कला जोसित हुने भएकाले समाज र देशलाई केही दिने बताए ।

कृतिकार खरेलले आफूले देश तथा विदेशमा यात्रा गर्दाको अनुभूतिलाई संगालोको रूप दिएको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्