site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पश्चिममा जीप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो । 

दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । 

उनका अनुसार घाइते हुनेमा जीप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लीलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लीला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । 

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो ।रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्