site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
३६५ मेगावाटको आठ आयोजनाका लागि आशय प्रस्ताव माग
Argakhachi Cement Island Ad

काठमाडौं । विद्युत् विकास विभागले बुट मोडलमा जलविद्युत् आयोजना विकास गर्न इच्छुक नेपाली कम्पनी तथा संयुक्त लगानीकर्ताबाट आशय प्रस्ताव (ईओआई) मागेको छ । विभागले आठ आयोजना निर्माण–स्वमित्व–सञ्चालन–हस्तान्तरण (बुट) अवधारणाअनुसार आशय प्रस्ताव माग गरेको हो ।

विभागले ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी, ४७ मेगावाटको दुधकोसी–४, २१.४ मेगावाटको इन्खु खोला, ६१.०२ मेगावाटको हुम्ला कर्णाली, ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, ४९.५ मेगावाटको लोती कर्णाली, ३०.२ मेगावाटको तल्लो होङगु, ४०.८ मेगावाटको संखुवा खोला–१ आयोजनामा आशय पत्र मागेको छ । आठ आयोजनाको कुल क्षमता ३६५.४२ मेगावाट छ ।

आशय प्रस्ताव ०८२ जेठ १५ गतेसम्म विभागमा बुझाउनुपर्नेछ । छनोट प्रक्रिया सम्बन्धित प्राविधिक क्षमता, वित्तीय अवस्था तथा परियोजना अवधारणाको मूल्यांकनका आधारमा गरिने उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्