site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनामा १० खर्ब खर्च, साढे आठ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा साढे आठ खर्ब राजस्व संकलन गरेको छ । तर, उक्त अवधिमा १० खर्ब खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा सरकारले नौ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । तर, राजस्व आठ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब नौ करोड, पुँजीगत खर्चतर्फ एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्चतर्फ दुई खर्ब १७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको हो ।

कर राजस्व सात खर्ब ४४ अर्ब १५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ८७ अर्ब २५ करोड रुपैयाँ परिचालन भएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्