site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १७ महिनाको आयात धान्ने

काठमाडौं । नेपालका बैंकिङ क्षेत्रसँग १७.१ महिनाको वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ ।

कुल विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर ०८१ चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । जुन १५.६ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ छ । जुन ५०.८ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्