site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौं । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको १६औँ अधिवेशन आह्वान गरिएको हो ।

आगामी जेठ ५ गते सोमबार बिहान ११ बजेलाई अधिवेशन आह्वान गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जारी गरेकाे सूचनामा उल्लेख छ ।

bagmati-1746960011.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्