site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धविराम घोषणापछि भारतीय सेनाले भन्यो– सतर्क रहनेछौँ

काठमाडौं । पाकिस्तानसित युद्धविराम सम्झौताको घोषणापछि भारतीय सेनाले त्यसबारे प्रतिक्रिया जनाएको छ । युद्धविराम सम्झौता घोषणाको केही समयपछि भारतको रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, “सेना युद्धविराम सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्क रहनेछ ।”

यस्तै, विङ कमान्डर व्योमिका सिंहले पाकिस्तानले भ्रामक प्रचार अभियान चलाउन धेरै प्रयास गरेको बताइन् ।

उनले भारतीय सेनाले आक्रमणक्रममा मस्जिदलाई निसाना बनाएको भन्ने पाकिस्तानको आरोप अस्वीकार गरिन् । उनले भनिन्, “हामी सबै धर्मका धार्मिकस्थलहरूको सम्मान गर्छौं ।”

उनले अगाडि भनिन्, “आफ्नो कारबाहीमा सेनाले ती ठाउँलाई निसाना बनायो, जुन आतंकवादी शिविर थिए वा ती ठाउँ जुन भारतविरोधी गतिविधिका निम्ति प्रयोग गरिँदै थियो । म भन्न चाहन्छु कि भारतीय सशस्त्र बलले कुनै पनि धार्मिकस्थललाई निसाना बनाएको छैन ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्