site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु
प्रतीकात्मक तस्बिर ।

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका—१, लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ । 

मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु१३प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार कावासोती—११, शान्तिटोलका २४ वर्षीय  ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारनिम्ति मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले मृत घोषणा गरेका हुन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्