site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीता जयन्तीमा बिदा दिन माग गरिएको विषयमा गम्भीर छौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीता जयन्तीका अवसरमा सार्वजनिक बिदाबारे सांसदले उठाएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा सरकारले सबै संस्कृतिको सम्मान गर्ने बताए ।

“हामी सबैले आदर गर्ने जगत् जननी सीताको जन्मजयन्ती अत्यन्त महत्त्वपूर्ण पर्व हो । सरकारले सबै जातजाति, धर्म, संस्कृति र परम्परालाई सम्मान र सम्बर्धन गरिरहेको छ,” उनले भने । 

सदनमा सांसदहरूले जानकी (सीता) जयन्तीको अवसरमा बिदा नदिएको भन्दै प्रश्न उठाएका थिए ।

“आगामी दिनमा सार्वजनिक बिदाको पुनरवलोकन गरी वस्तुनिष्ठ बनाउँदा माननीयज्यूहरूले उठाउनुभएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनेछ,” जवाफमा गृहमन्त्रीले भने ।

वैशाख २३ गते प्रतिनिधिसभामा बोलेका सांसदहरूले जानकी जयन्तीको दिन सार्वजनिक बिदा दिन माग गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्