site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयक उपसमितिको म्याद १० दिन थपियो 

काठमाडौं । विद्यालय शिक्षा विधेयकको उपसमितिलाई १० दिनको म्याद थपिएको छ । 

शिक्षा समितिको बैठकले सोमबार म्याद थप गरेको हो । समितिको बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले म्याद थपको प्रस्ताव राखेका थिए । 

यसअघि समितिलाई ३५ दिनको टीओआर दिइएको थियो । आज प्रतिवेदन बुझाउने भनिए पनि काम बाँकी रहेको भन्दै समितिको म्याद थपिएको हो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्