site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी सांसदको प्रश्न– सरकार ढल्छ भन्ने बित्तिकै सत्तापक्षलाई किन रिंगटा लाग्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सत्तापक्ष कमजोरी लुकाउन लागिपरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले सरकार आफ्नो अक्षमता ढाकछोप गर्न सबै समय प्रतिपक्ष दलको गालीमा खर्चिरहेको बताए ।

“राम्रो काम गर्नु लोकप्रियता कमाउनुको साटो आफ्नो कमजोरी र असक्षमता ढाकछोप गर्न सरकारले सबै समय प्रतिपक्ष दलको नेतृत्व र दलको गालीमा खर्चिएको छ,” उनले भने, “सरकार ढल्यो भन्ने बित्तिकै सत्तापक्षलाई किन रिंगटा लाग्छ ? किन मुटु थरथरी काँप्छ ? राम्रो काम गरे भइहाल्यो नि !”

उनले कसैले बोलेमा सरकार ढलिहाल्ने भनेर डराउन आवश्यक नभएको बताए । उनले सत्ता साझेदार दलबीच संसद्‌‌मै घोचपेच भइरहेको पनि बताए ।

“सत्ता साझेदार दलभित्रै संसद्‌भित्रै, भर्खरै पनि किन घोचपेच ? यसबाट जनताले के बुझ्ने ? अनि आरोप प्रतिपक्षलाई ?,” उनले भने । 

उनले सरकारको ध्यान भ्रष्टाचारी बढाउनमा केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्