site stats
बाह्रखरी :: Baahrakhari
देश
कान्ति लोकपथ सडकमा पुनः यातायात सञ्चालन
फाइल तस्बिर ।

मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकमा आइतबार (वैशाख २१) दिउँसोदेखि पुनः यातायात सञ्चालन गरिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको ‘डाइभर्सन’ वर्षासँगै आएको बाढीले बगाएपछि सडक अवरुद्ध थियो ।

सडक मर्मत–सम्भारपछि आइतबार दिउँसो १ बजेदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए । उक्त सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्