विदेश

काठमाडौं । भारतले पाकिस्तानबाट आयात गरिने सबै सामानमा प्रतिबन्ध लगाएको छ । जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमलापछि दुई देशबीच तनाव उत्कर्षमा रहँदा भारतले यो कदम चालेको हो ।
पाकिस्तानमा उत्पादित र त्यहाँबाट भारतमा आयात गरिने सामानमा तत्काल प्रतिबन्ध लगाइएको छ । यो विषयमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश पर्यटक थिए ।
उक्त आक्रमणपछि भारत र पाकिस्तानले एकार्काविरुद्ध धेरै कदम चालेका छन् । दुई देशबीच तनाव कायमै छ । बीबीसी हिन्दीबाट ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्