site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले युवालक्षित कार्यक्रम ल्याउन सकेन : माधव सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन् । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए ।

सरकारले गलत नियत राखेमा नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने उनको भनाइ छ । सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवालक्षित कार्यक्रम ल्याउन नसकेको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्