site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्