
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नरहेका पूर्वमहामन्त्रीसहितका नौ नेताले ताजा समझदारी माग्दै विज्ञप्ति जारी गरेका छन् । यसअघि हिन्दु राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिल्दोजुल्दो विचार राख्दै आएका नेताहरूको समूहले त्यसको बिग्रँदो राजनीतिक अवस्था सुधार गर्न ताजा समझदारी माग गरेका हुन् ।
उनीहरूले देशको नेतृत्व ००७ सालको क्रान्ति, ०४६ साल र ०६२/६३ सालको जनआन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसले नै गर्नुपर्ने धारणा राखेका छन् । वक्तव्यमा यसअघि जस्तो राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको विषय भने उनीहरूले स्पष्ट लेखेका छैनन् । त्यसको बदलामा उनीहरूले राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको एकता र सहकार्य भनेका छन् ।