site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाबाट दुई विधेयक पारित 
फाइल तस्बिर ।

काठमाडौं । दुई विधेयक पारित गरिएको छ । मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरिएको हो । बैठकमा छलफलपछि विधेयक पारित गरियो ।

बैठकमा सभामुख देवराज घिमिरेले यही वैशाख १९ गते सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी गराए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका निम्ति दिउँसो २ः४५ बजे उपस्थित हुन उनले सांसदहरूलाई आग्रह गरे ।

वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्