site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षकका मागबारे सरकार लगातार छलफलमा : बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले शिक्षकका मागबारे सरकार लगातार छलफलमा रहेको बताएका छन् ।

उनले शिक्षकका मागबारे दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आग्रह गरिए पनि नेपाल शिक्षक महासंघका पदाधिकारीसितको वार्ताका कारण नभ्याएको बताए ।

“आज पनि लगातार वार्तामा रहेको, सिंगो सदनमा उठिरहेको विषयको समाधानको प्रक्रियामा सरकार लागिरहेको सूचना पाएका छौँ । सरकार अनुदार बनेको देखिँदैन,” उनले मंगलबार प्रतिनिधिसभा बैठकमा भने । 

बर्तौलाले आज बेलुकासम्म समस्या समाधान भएर शिक्षक नियमति शैक्षिक गतिविधिमा जान सक्ने पनि बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्