खेल

काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा पहिलो हार बेहोरेको छ । सोमबार बिहान घरेलु मैदान चेज रंगशालामा सम्पन्न खेलमा मियामीलाई एफसी ड्यालसले ४–३ ले पराजित गरेको हो ।
ड्यालसको जितमा साक्वुल मुर, ओसाजे उर्होघिडे, एन्डरसन जुलियो र पेड्रिन्होले गोल गरे । मियामीका फाफा पिकाल्टी, एलेन ओबान्डो र डेविड मार्टिनेजले गोल फर्काएका थिए ।
एमएलएस इस्टर्न कन्फेरेन्समामा मियामीको यो पहिलो हार हो । हारका बाबजुद नौ खेलबाट १८ अंक जोडेको मियामी तालिकाको पाँचौँ स्थानमा छ । प्रतियोगिताको वेस्ट कन्फेरेन्समा रहेको ड्यालस भने १० खेलबाट १५ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्