
काठमाडौं । सांग्रिला मोटर्सले आगामी नाइमा मोबिलिटी सोमा लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ । लिप मोटर बी१०ले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने आयातकर्ता सांग्रिला मोटर्सको आकलन छ ।
बी१० २१औँ सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी–‘अटो सांघाई २०२५’मा अन्तर्राष्ट्रिय रूपमा डेब्यू गरेको गरेको हो । यो गाडी अब विश्व बजारमा प्रवेश गर्न तयारी अवस्थामा रहेको बताइएको छ । नेपाली बजारमा यो गाडी प्रवेश हुने पक्का भएको सांग्रिला मोटर्सले जनाएको छ ।
लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरूका लागि डिजाइन गरिएको बताइएको छ । सांग्रिला माटर्स गोल्छा अर्गनाइजेसनको सदस्य हो । २०१७ देखि प्युजोको एक मात्र आधिारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको बताइएको छ ।
सी१० र लिपमोटर टी०३ को हालको लञ्च र अहिले बी१० को अनावरणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ बढेर गएको बताइएको छ ।