site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्री पन्तले भने– शिक्षक आन्दोलनबारे जानकार छु, सबै बुझेर बोल्छु

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे आफू जानकार रहेको बताएका छन् । उनले बिहीबार पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे मन्त्रालयले गरेको पहललाई धन्यवाद दिए ।

“भर्खर त पदभार ग्रहण गरेको छु । शिक्षक आन्दोलनबारे जानकार छु । यसअघि मन्त्रालयले गरेको पहललाई धन्यवाद । अझै राम्रोसँग बुझेर बोल्छु,” उनले भने ।

काठमाडौंको माइतीघर बानेश्वरकेन्द्रित भएर २३ दिनदेखि शिक्षक आन्दोलन जारी छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्