site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको भिडियो भाइरल

काठमाडौं । ट्राफिक प्रहरीबाट एकजना सर्वसाधारणमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।

भाइरल बनेको भिडियोमा एक ट्राफिक प्रहरीले एक सर्वसाधारण व्यक्तिलाई लडाएर लात्ती हानेको देख्न सकिन्छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भिडियो सामाजिक सञ्जालमा आएलगत्तै अनुसन्धान थालिएको बताए ।

“सामाजिक सञ्जालमा आएको भिडियो पुरानो हो भन्ने छ । ज्याकेट पनि लगाएकाले जाडो महिनाको हुनसक्ने भन्ने छ । तर, घटना कुन ठाउँको हो भन्ने पत्ता लागेको छैन,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्