site stats
बाह्रखरी :: Baahrakhari
कला
सकियो ‘माग्ने राजा’को छायांकन 

काठमाडौं । चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रको ४३ दिनमा छायांकन सकिएको हो । 

मुनाल घिमिरेको निर्माण रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन् । 

चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । केदार घिमिरेसँगै आर्यन सिग्देल, विल्सनविक्रम राई, वर्षा सिवाकोटी, शिशिर वांगदेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । 

चलचित्रको कथा सामिप्यराज तिमलसेनाले लेखेका छन् । 

चलचित्र तिजको अवसरमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । यसअघि दसैँमा रिलिज हुने भनिएको चलचित्र तिजमा रिलिज हुने भएको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्