site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।   

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्