site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने झाले जानकारी दिए ।

संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदैछ । त्यस्तै, वैशाख ४ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले दिएको निर्देशनबारे पनि छलफल गर्ने तयारी रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्