-1745403815.jpg)
काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । घिमिरेले बुधबार (वैशाख १० गते)देखि चारवर्षे कार्यकाल सम्हालेका हुन् । घिमिरेले तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन् ।
घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेर कार्य अनुभव हासिल घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
सीईओ घिमिरेले कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि बैंकलाई अझ प्रभावशाली बनाउने बताए । “मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ,” उनले भने, “डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।”
साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरी अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसायमा गहिरो ज्ञान भएका बैंकर हुन् ।