site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘महाभोज’को टिजरमा सहकारीको कथा 

काठमाडौं । चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तु टिजर समावेश छ । पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वले टिजरमा प्राथमिकता पाएको छ । 

जेठ १५ गते रिलिज हुने चलचित्रमा सहकारीले सिर्जना गरेको समस्यामा सिनेमा केन्द्रित रहेको टिजरले संकेत गरेको छ । 

टिजरमा सामाजिक अन्याय, आर्थिक असमानता देख्न सकिन्छ । टिजरमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिक्देल, गौमाया गुरुङ, अञ्जना बराइलीलगायत छन् । 

‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्