site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–३, खजहनाका ५० वर्षीय दीपककुमार क्षेत्री छन् ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (वैशाख ७) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दीपकले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्