site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलिङ पिरियड बहस : रघुजीले हितराजलाई दिए यस्तो जवाफ 

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था समितिमा निजामती विधेयकमा छलफल जारी छ । 

छलफलका क्रममा माओवादीका सांसद हितराज पाण्डेले 'कुलिङ पिरियड' दुई वर्ष राख्नुपर्ने प्रस्ताव गरेका थिए । पाण्डेको उक्त प्रस्तावमा एमले सांसद रघुजी पन्तले असहमति जनाए । 

“प्रचण्ड प्रधानमन्त्री हुँदा आएको विधेयकमा कुलिङ पिरियड थिएन,” उनले भने, “एक वर्ष राख्ने मेरो र एमालेको मत हो ।”
 
कांग्रेस सांसद हृदयराम थानी र सरिता प्रसाईं तथा माओवादी सांसद दुर्गा राईले पनि कुलिङ पिरियड दुई वर्ष हुनुपर्ने मत राखेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्