site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छलफलमा जुटे ओली, देउवा र प्रचण्ड

काठमाडौं । प्रमुख तीन दलका नेता छलफलमा जुटेका छन् । शनिबार (वैशाख ६) अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूले छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

संक्रमणकालीन न्यायका विषयमा उनीहरू छलफलमा जुटेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकलगायत नेता पनि उपस्थित छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्