site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्य सचिव अर्यालले भने– अतिरिक्त सचिव राख्ने अभ्यास असफल भइसकेको हो

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले अतिरिक्त सचिव राख्ने अभ्यास पहिला नै असफल भइसकेको बताएका छन् ।  

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अतिरिक्त सचिव राखे मात्रै सेवाग्राहीलाई राम्रो सेवा दिन सकिन्छ भन्ने भ्रममा पर्न नहुने बताए ।  
 
“यो पहिला नै फेल भइसकेको अभ्यास हो । अतिरिक्त सचिव नभएका कारण सेवा नदिएको हो र ?” उनको प्रश्न छ । 

उनले पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको उनले बताए । ४५ प्रतिशत खर्च तलबलगायतमा रहेको उनको भनाइ छ । 

“भोलि देश टाटा पल्टियो भने के हुन्छ ? हामीले मुलुकको आर्थिक अवस्था देख्यौँ,” उनले भने, “खर्चको डोर बढाउनु भएन । भावनामा बहकिएर कानुन बनाउनु हुँदैन ।”
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्