site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरेश रजकको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गर्दै मौन प्रदर्शन

काठमाडौं । पत्रकार सुरेश रजकको मृत्यु घटनाबारे निष्पक्ष छानबिन लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ । समाजवादी प्रेस संगठन नेपालले बिहीबार काठमाडौंको शान्तिबाटिकामा एक घण्टा मौन प्रदर्शन गरेको हो ।

प्लेकार्डसहित मौन प्रदर्शन गरेका संगठनका सदस्यहरूले रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष आयोग गठन गर्नुपर्नेसहितका माग राखेका थिए ।

गत चैत १५ गते समाचार संकलनको क्रममा काठमाडौंको तीनकुनेमा रजकले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्