site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशले भारतबाट आउने धागोमा लगायो प्रतिबन्ध

काठमाडौं । बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले भारतबाट भूमि भन्सार विन्दुमार्फत आउने धागो आयातमा प्रतिबन्ध लगाएको छ । 

भारतको टाइम्स अफ इन्डियाका अनुसार बेनापोल, भोमरा, सोनामस्जिद, बंगलाबन्धा र बुरीमारी भूमि भन्सार विन्दुमार्फत अब धागो आयात गर्न अनुमति नदिइने बताइएको छ । यसअघि यी भन्सार विन्दु नै भारतबाट धागो आयात गर्ने प्रमुख प्रवेश विन्दु थिए ।

गत आइतबार प्रकाशित यसबारेको सूचना तुरुन्त लागु हुने बताइएको थियो ।

यसअघि भारतले बंगलादेशलाई दिइने ट्रान्ससिपमेन्ट (बंगालदेशबाट तेस्रो देश जाने सामान पठाउने) सुविधा फिर्ता लिएको थियो । सो सुविधाले भारतका विमानस्थल र बन्दरगाहमा ठूलो भिड सिर्जना भएको बताएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्