site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ज्वाला संग्रौलालाई बयानमा बोलाउन अदालतको आदेश

काठमाडौं । सर्वोच्चले अदालतको अपहेलनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ । न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि ज्वालाले फेसबुक स्टाटस लेखेर दलको झोला बोकेका न्यायाधीशहरूले आदेश गर्ने यस्तै हो भन्ने भावको धारणा सार्वजनिक गरेकी थिइन् । 

उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए । निवेदन रुजु गरी २८ गते मात्र दर्ता भएको उक्त निवेदन आइतबार संयुक्त इजलासमा पेसीमा चढेको हो ।

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्