site stats
बाह्रखरी :: Baahrakhari
देश
राप्तीमा डुबेर युवतीको मृत्यु
दाङस्थित राप्ती नदीको दृश्य । फाइल तस्बिर ।

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर शनिबार (चैत ३०) एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–३, सिनावासस्थित राप्तीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षीका चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनका अनुसार, गाउँका अरू महिलासँग राप्तीमा माछा मार्न गएका बेला नदीमा डुबेर दिक्षीकाको मृत्यु भएको हो । “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षीकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ,” उनले भने ।

दिक्षीकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । शव परीक्षणनिम्ति नेपालगन्जकै भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्