site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
श्वाससँगी 

तिम्रो हृदय र मेरो हृदय
एउटै संगीतको दुई लापजस्तै
एकले अर्कोलाई झंकार गराउँछ
नदेखिने तर सधैँ महसुस हुने धुनमा ।

कसले हामीलाई एकसाथ बाँधेको छ ?
अदृश्य रेसमी डोरी कसले बुनेको छ ? 
तिमी र म टाढा भए पनि 
दुवै आत्माहरू प्रेमालाप गरेको छ ।

हरपल प्रेमिल संगीत मधुर हुन्छ
चाँदनीको रातजस्तै शीतल
कहिलेकाहीँ यो वेदनाले भरिन्छ
सुनामीझैँ हृदयलाई स्पर्श गर्छ ।

तर, हरेक धुन प्रेमले भरिएको छ
हरेक झंकार स्मृतिहरूले सजिएको छ
र, यो धुन कहिल्यै रोकिँदैन
किनभने, तिमी र म सधैँ प्रेमको संगीत हौँ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्