site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई भारतीय नेताको व्यंग्य : मार्क्सवादीले रामको अस्तित्व स्वीकार गरेकोमा धन्यवाद 

काठमाडौ ।  ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर आजादले पुर्‍याएको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी हुन नेपाल आएका भारतीय नेता केसी त्यागीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा टिप्पणी गर्दै व्यंग्य गरेका छन् । 

‘राम नेपालमा जन्मिएका हुन्’ भन्दै ओलीले दिएको अभिव्यक्तिमा उनले टिप्पणी गरेका हुन् । त्यागीले रामको जन्म कहाँ भएको हो भन्ने विवादभन्दा पनि धर्मलाई अफिम मान्ने मार्क्सवादीले रामको अस्तित्व स्वीकार गर्नु महत्त्वपूर्ण रहेको बताए ।
 
“सीता माता त नेपालकै हुनुहुन्थ्यो । ओलीजीले रामलाई पनि नेपालमै जन्मिएको बनाइदिनुभयो,” त्यागीले भने, “कहाँ जन्मिएको भन्ने विवाद त्यति महत्त्वपूर्ण छैन जति धर्मलाई अफिम भन्ने मार्क्सवादीले रामको अस्तित्व स्वीकार गर्नुको महत्त्व छ ।” 

उनले त्यसका लागि ओलीलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्