site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुईवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद् अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ । 

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको आगामी कार्यक्रमबारे छलफल हुनेछ । 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०५:४८
प्रतिक्रिया दिनुहोस्