site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरिएको जानकारी संसद्लाई
धवलशमशेर जबरा । फाइल तस्बिर ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

“सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जबरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ,” प्रवक्ता गिरीले टेलिफोनमा भने । रासस

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्