site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगजनीका कारण एकीकृत समाजवादीको कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट

काठमाडौं । राजतन्त्र समर्थकले एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ । राजावादी समर्थक प्रदर्शनकारीले समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । 

आगजनीका कारण महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए । भित्र रहेका सामान पनि बाहिर ल्याएर जलाइएको उनले बताए । 

त्यस्तै, कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड भएको छ । त्यसक्रममा प्रदर्शनकारीले भाटभटेनीमा रहेका दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् ।

राजावादी प्रदर्शनकारीले कोटेश्वरमा रहेको भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर केही सामान लुटेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्