site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौं । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्