site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्