site stats
बाह्रखरी :: Baahrakhari
देश
आगलागीका घटनामा ६ जनाको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक छन् । आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । 

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।  आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । 

आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । 

आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्