site stats
बाह्रखरी :: Baahrakhari
देश
थापाथलीमा पाइप फुटेको खाल्डोमा फस्यो नगरप्रहरीको गाडी (तस्बिरहरू)

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेको थापाथली सडकमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ । 

सडक भासिँदा फिल्ड अनुगमनमा हिँडेको नगरप्रहरी बलको बा०१ग ४०६६ नम्बरको गाडी फसेको हो । आज बिहान पनि सो ठाउँमा अन्य गाडी फसेका थिए । 
 
गत फागुन २० गते मंगबार बिहान करिब ५ः२० बजे मेलम्चीको थोक वितरणतर्फको पाइप फुटेको सडक जलमग्न भएको थियो । 

त्यसपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टोलीले सडक खनेर पाइप मर्मत गरेको थियो । केयूकेएलको टोलीले बुधबार एक ट्रक गिट्टी हालेर छोडेको थियो । 

केयूकेएलले गाडी गुडाउन मिल्ने बताएको थियो । तर, मर्मत भइरहेको सडकमा गाडी गुडाउँदा सडक भासिएको छ । 

काठमाडौं उपत्यकामा समन्वयकारी भूमिकामा रहेका निकायले एकआपसमा समन्वय नगर्दा एउटाले बिगार्ने अर्कोले बनाउने क्रम चलिरहन्छ । केयूकेएलले सडक विभागले सडक पिच गर्ने भन्दै त्यसै छोडेको छ । तर, सडक विभाग भने आफ्नो मातहतमा नपर्ने भन्दै पन्छिरहेको छ ।
 
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलले नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने क्रममा पाइपमा चोट लाग्दा खानेपानीको पाइप फुटेको आरोप लगाएको छ । 

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले सडक विभागसँग समन्वय भइरहेको बताए । “सडक विभागलाई पत्र पठाएका छौँ । सडक थप मर्मत गर्न पनि बाँकी छ । विभागले नै थापाथली सडक बनाउँछ,” उनले भने ।

गाडी फसेका कारण सो सडक अवरुद्ध भएको छ । उक्त गाडी तान्नका निम्ति अर्को गाडीको मगाइएको नगर प्रहरीले जनाएको छ । 

mahanagar-gadi-(9)-1741779506.jpg

mahanagar-gadi-(1)-1741779507.jpg

mahanagar-gadi-(6)-1741779505.jpg

mahanagar-gadi-(7)-1741779506.jpg

mahanagar-gadi-(8)-1741779506.jpg

mahanagar-gadi-(4)-1741779505.jpg

mahanagar-gadi-(2)-1741779504.jpg

mahanagar-gadi-(3)-1741779504.jpg

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्