site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सभा बैठकमा सहभागी भए विपक्षी दल 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा सहभागी भई कोसी प्रदेशसभा सचिवालय परिसर पुगेका छन् । ओलीले सभालाई सम्बोधन गरेका छन् ।  

उनलाई सभाका सभामुख अम्बर बहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यलगायतले स्वागत गरे । नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गर्‍यो । बैठकमा विपक्षी दलका सांसदसमेत सहभागी भएका छन् । 

बैठकमा अनुपस्थित हुने जनाउ दिएपछि मंगलबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्