site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीका तीन एसएसपी डीआईजीका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । 

रिक्त तीन पदमा पदपूर्तिका लागि बढुवा समितिले वरिष्ठ उपरीक्षकहरू कृष्ण ढकाल, दीपेन्द्र कुवँर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको हो । 

बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपरको उजुरी दिन सकिनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्