site stats
बाह्रखरी :: Baahrakhari
देश
हलेसी बजारमा लागेको आगलागी नियन्त्रणमा 

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ लागेको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगलागी नियन्त्रणमा लिएको हो । 

तीनवटै सुरक्षा निकाय, स्थानीय तथा नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।

हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भएको छ । 

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट  सुरु भएको आगोले अन्य घरमा समेत क्षति गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्