site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । उच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालतको आदेशमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीले जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेका हुन् ।

गत सोमबार (माघ २८ गते) जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रोचकको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको हो । अर्को पेसी कैफियत प्रतिवेदन प्राप्त भएपछि मात्र तोकिने उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्